Thursday, July 13, 2023

कांग्रेस सभापति देउवाले दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्

 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


 सीता दाहालको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।  उनी ६९ वर्षकी थिइन् ।



 कांग्रेस सभापति देउवाले एक शोक सन्देशमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।


 ---

No comments:

Post a Comment

नेपाल र बंगलादेशबीचको फुटबल खेल बराबरीमा सकिएको छ

  नेपाल र बंगलादेश महिला राष्ट्रिय टोलीबीच आज ढाकामा भएको फुटबल खेल बराबरीमा सकिएको छ ।  उक्त खेलमा बंगलादेशले पहिलो गोल गरेको थियो ।  खेलको...