प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ः३३ मा नर्भिक अस्पतालमा निधन भएको हो ।

तस्बिरमाः सीता दाहालको राजकीय सम्मानका साथ अन्तिम संस्कार
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ः३३ मा नर्भिक अस्पतालमा निधन भएको हो ।

RSS
2023 जुलाई 12, 18:41, काठमाण्डौ






नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको आज राजकीय सम्मानका साथ काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले स्वर्गीय दाहाललाई राजकीय सम्मानको व्यवस्था गरेको थियो जसमा नेपाली सेनाको एक टुकडीले उनलाई गारद अर्पण गरेको थियो ।
सीता दाहालको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली स्वरुप नेपालको राष्ट्रिय झण्डा झुकाइएको थियो । उनको चितामा प्रधानमन्त्री दाहालले दाहसंस्कार गरेका छन् । दिवंगत दाहालका छोरी रेणु दाहाल र गंगा दाहाल पनि आमाको अन्तिम संस्कारमा बुवासँगै सामेल भए ।













No comments:
Post a Comment